
९ असार, धनगढी । कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको टोलीले चरेससहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भएका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घर भएका ३९ वर्षीय गगन बोहरा रहेका छन् ।
उनीहरू मध्ये ऐरी, भट्ट र बिकलाई गोदावरी नगरपालिका–१ भरतपुरमा शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा ४६९ ग्राम चरेससहित पक्राउ गरिएको हो । बोहरालाई भने गोदावरी नगरपालिका–२ मा रहेको विपिन होटलबाट पक्राउ गरिएको हो।
उनीहरू चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4