
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोपस्थित तुलसी पशुपालन फर्ममा लुकाएर राखेको १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको तस्करीका सामान बरामद गरेको छ।
- बरामद गरिएका सामानमा ३१ पोका कपडा लगायतका सामग्री रहेका छन् ।
९ साउन, जनकपुरधाम । सर्लाहीबाट डेढ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले एक करोड ५८ लाख मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ ।
ईश्वरपुर नगरपालिका–२ राइटरखोपस्थित तुलसी पशुपालन फर्ममा लुकाएर राखेको तस्करीका कपडा लगायत सामान बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको सुरक्षा गस्तीको टोलीले ३१ पोका कपडा लगायत सामान बरामद गरेको हो ।
बरामद गरिएका सामान १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको रहेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले जानकारी दिए ।
बरामद गरिएका सबै सामग्री भन्सार कार्यालय मलंगवामा दाखिला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4