
९ असार, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ ।
भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो ।
विभागले अघिल्लो आवको तुलनामा वार्षिक लक्ष्य कम राखेको थियो । २०८०/८१ मा लक्ष्य नै ६ खर्ब २७ अर्ब ७५ करोड थियो । त्यस वर्ष भन्सार राजस्व ४ खर्ब २४ अर्ब २४ करोड उठेको थियो । जुन ६७.६ प्रतिशतमात्र थियो । यस वर्ष लक्ष्य घटाउँदा समेत सोही अनुसार राजस्व उठ्न नसकेको देखिन्छ । यस वर्ष राजस्व वृद्धिदर १४.१ प्रतिशत छ ।
विभागका अनुसार यस वर्ष लक्ष्य नजिक राजस्व संकलन जेठ महिनामा भएको छ । जेठमा ५४ अर्ब ९७ करोडको लक्ष्य राखिएकोमा ४९ अर्ब ६२ करोड संकलन भएको छ । जुन लक्ष्यको ९०.३ प्रतिशत हो ।
सबैभन्दा कम भने कात्तिकमा संकलन भएको छ । त्यसबेला ४६ अर्ब ३५ करोडको लक्ष्य राखिएकोमा ७३.१ प्रतिशत अर्थात् ३३ अर्ब ८८ करोड संकलन भएको देखिन्छ ।
आव २०८१/८२ मा कुन महिना कति उठ्यो भन्सार राजस्व ?
प्रतिक्रिया 4