+
+
Shares

बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते ९:१०

१० साउन,बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलले चार करोड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी अग्रहरीद्वयविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट  ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ ९९ लाख ८९ हजार ९८४ र आयकरतर्फ २ करोड ८७ लाख ५२ हजार १४७ गरी चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको देखिएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उनीहरूमाथि छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?