+
+
Shares

सप्तरीमा रिक्सा चार्ज गर्दा करेन्ट लागेर श्रीमान्, श्रीमतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते १०:३९

१० साउन, जनकपुरधाम । सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका-२ पौवाटोल बस्ने ४५ वर्षीय बालेश्वर मण्डल र उनकी श्रीमती ३५ वर्षीया रामकुमारी खंग रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान ५ : ४५ बजे दुवैजनाको करेन्ट लागि मृत्यु भएको भनेर प्रहरीमा खबर आएको थियो ।

राति नै रिक्सा चार्ज गर्ने क्रममा दुवैजनाको करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?