+
+
Shares

सिन्धुलीमा बेवारिसे अवस्थामा भेटियो भरुवा बन्दुक

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन १० गते २०:०२

१० असार, काभ्रेपलाञ्चोक । सिन्धुलीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको छ ।

सिन्धुली दुधौली नगरपालिका १ हतपते डाँडास्थित मधुगंगा मन्दिर जाने बाटोदेखि  अन्दाजी १५० मिटर पूर्वमा रहेको ओडारमा प्लास्टिकले बेरेको अवस्थामा भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

बन्दुकसँगै ५०० ग्राम बारुद जस्तो देखिने बस्तु फेला परेको छ । बरामद भरुवा बन्दुक र बारुद जस्तो पदार्थ इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा रहेको र उक्त भरुवा बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत सोमबार सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा एक जनाको चक्कु प्रहारबाट मृत्यु भएको थियो ।

झगडाका बेला तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेका थिए । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?