+
+
Shares

एनआरएनए अस्ट्रेलिया अध्यक्षमा सन्तोष कुँवर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर भारी मतान्तरले विजयी भएका छन्।
  • कुँवरले १३७०१ मतमध्ये ६८३९ मत प्राप्त गरी सन्जीव ढकाल र भैरव ढकाललाई पराजित गरेका छन्।
  • उनले एनआरएनएमा महासचिव, राज्य संयोजक, आईसीसी सदस्य र ओसेनिया क्षेत्रीय उपसंयोजकको भूमिका सम्हालेका छन्।

११ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानल नै विजयी भएकाेे छ ।

संघको  शनिबार (जुलाई २६ मा)  सम्पन्न निर्वाचनमा कुँवरले सञ्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् ।

उनले नर्दन टेेरिटाेरीबाट सञ्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया)  (३७२७) बाट भैरव ढकाललाई हराएका हुन् ।

१६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३ हजार ७ सय १ खसेको मतबाट ६ हजार ८  सय ३९ मत पाए ।

झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव थिए ।

यसअघि कुँवर एनआरएनए अस्ट्रेलियाको राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१)  र ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) को जिम्मेवारीमा बसिसकेका छन् ।

कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमुना कार्यक्रमका रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा एनआरएन अस्ट्रेलियाका अहिलेका प्रवक्ता समेत रहेका बबिन मिश्र विजयी भएका छन् ।

यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?