 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री नीता ढुंगानाले डेब्यू निर्देशन गर्न लागेको फिल्म 'सुख दुःख'को शीर्ष भूमिकामा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्।
- नीताले भनिन्, ‘यस फिल्ममा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो ।’
- यो फिल्म 'नीता फिल्म्स'को ब्यानरमा बन्नेछ र २०८३ सालको दशैंको फूलपातिमा रिलिज हुने जनाइएको छ।
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले डेब्यू निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’को शीर्ष भूमिकामा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन् ।
यसबारे नीताले भनिन्, ‘यस फिल्ममा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो ।’
मिथिलाको संलग्नताले फिल्मले पूर्णता पाउने नीताले जनाएकी छन् ।
यसअघि यो फिल्मको छायाँकारमा भारतीय प्राविधिकहरू कवीर लाल र शाहिद लाल अनुबन्धित भैसकेका छन् । निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् ।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म २०८३ सालको दशैंको फूलपातिमा रिलिज हुने जनाइएको छ ।
मिथिलाको कुरा गर्दा, उनी अभिनित पछिल्लो फिल्म ‘खेल’ अप्रिलमा रिलिज भएको थियो । उनी अभिनित फिल्म ‘मोहर’ प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4