
News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले नेपाली व्यवसायीका लागि ‘बिज सधैं अन’ मनसुन अफर ल्याएको छ, जसमा १० महिनाको सदस्यतामा १२ महिनाको सेवा पाइन्छ।
- बिज सधैं अन ३९९ प्लानमा १० जीबी डेटा र ४ सय मिनेट टक टाइम, ६४९ प्लानमा ३० जीबी डेटा र अनलिमिटेड टक टाइम उपलब्ध छ।
- कर्पोरेट ग्राहकले तीन नम्बरमा वार्षिक सदस्यता लिँदा एउटा नम्बरले ६ महिना निःशुल्क सेवा पाउँछन् भने पाँच नम्बरमा दुई नम्बरले पाउँछन्।
काठमाडौं । नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकका लागि ‘बिज सधैं अन’ मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवा उपयोग गर्न सकिने लगायत सुविधा छन् ।
ग्राहकले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाका लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने विशेषता यो अफरको हो । यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडेलमा आधारित छ ।
बिज सधैं अन ३९९ प्लानमा ग्राहकले हरेक महिना १० जीबी डेटा, ४ सय मिनेट जुनसुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४ सय एसएमएस प्रतिमहिना पाउँछन् । त्यस्तै बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६ सय ५० एसएमएस पाइन्छ ।
यो मनसुन अफरमा ग्राहकले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन् । यसमा कर्पोरेट ग्राहकले आफ्ना तीन वटा मोबाइल नम्बरमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिना निःशुल्क सेवा पाउँछ । यसैगरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ ।
‘उपभोक्तालाई ‘सधैं अनमार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाका साथ कम खर्चमा ग्राहकलाई वर्षभरि निर्धक्क सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौं । साना, ठूला सबै व्यावसायले अर्थतन्त्र चलायमान बनाउँछ र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाले योगदान गर्नेमा हामी विश्वस्त छौं,’ एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।
यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवामा सीमित अवधिका लागि मनसुन अफर दिएको छ, जसमा ग्राहकले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन् ।
बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् ।
ग्राहकले बिज सधैं अन प्लानमा मासिक डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् ।
लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ ।
प्रतिक्रिया 4