+
+
Shares

एनआईएमबीले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा

अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताले कुनै पनि व्यापारिक स्थानमा एनआईएमबी पीओएस मेसिन मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी ईएमआई सुविधा प्रयोग गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलो पटक पीओएस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्ट्यान्ट ईएमआई सुविधा सुरु गरेको छ।
  • एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताले कुनै पनि व्यापारिक स्थानमा पीओएस मेसिनमार्फत भुक्तानी गर्दा तुरुन्तै किस्ताबन्दी ईएमआई सुविधा प्रयोग गर्न सक्नेछन्।
  • यो सुविधा ग्राहकलाई ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरी आर्थिक लचिलोपन र डिजिटल कारोबार सहज बनाउने उद्देश्यले सुरु गरिएको छ।

१४ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले नेपालमै पहिलो पटक ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा ल्याएको छ ।

ग्राहक अनुभव अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै एनआईएमबी नेपालमै पहिलो पटक यस्तो सुविधा सुरु गरेको हो ।

अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताले कुनै पनि व्यापारिक स्थानमा एनआईएमबी पीओएस मेसिन मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी ईएमआई सुविधा प्रयोग गर्न सक्नेछन् ।

बैंकका अनुसार यो सुविधा ग्राहकले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नुपर्ने झन्झटविनै तुरुन्तै उपलब्ध हुनेछ ।

बैंकले इन्स्ट्यान्ट ईएमआई सुविधा सुरु गर्नुको उद्देश्य ग्राहकलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबार अझ सहज बनाउनु रहेको जनाएको छ ।

यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवा खरिद गर्न चाहने ग्राहकलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने छ ।

सरल प्रक्रिया मार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधाले डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?