News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा मोटरसाइकल दुर्घटनामा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको छ।
 - दुर्घटनामा घाइते राममिलनका छोरा विनोद धवललाई भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको छ।
 - प्रहरीले प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताएको छ।
 
१८ साउन, बुटवल । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन् ।
मोटरसाइकल चालक विनोद धवल गम्भीर घाइते छन् । घाइते विनोद मृतक राममिलनका छोरा हुन् ।
टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4