
१९ साउन, हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् ।
लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् ।
बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटांडा आइसकेका छन् ।
हिजोमात्रै मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4