+
+
Shares

आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए राप्रपा र रास्वपा

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्‌मा विरोध गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १३:४४
फाइल तस्वीर

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्‌मा विरोध गर्दै आएको छ ।

आजको बैठकमा रास्वपा सांसद असिम साहले भिजिट भिसाको नाममा भएको मानव तस्करको फाइल कहाँ पुग्यो ? भनेर प्रश्न गरे ।

उनले भ्रष्टाचारको अडियो बाहिरिएको र घुस मागेको प्रमाण आउँदा पनि राजीनामा दिएपछि सबै पखालिएको हो ? भन्दै प्रश्न गरे ।

‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई किन अदृश्य शक्तिको शक्ति दिइरहेको छ ?,’ उनले प्रश्न गरे ।

राप्रपा सांसद ध्रुबबहादुर प्रधानले भिजिट भिसाको मात्रै समस्या नभइ नियतको भएको बताए । ‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ,’ उनले भनेका छन् ।

उनले आफूहरू समस्या नभइ समाधान चाहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?