
News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि तीन टोली परिचालन गर्ने भएको छ।
- मन्त्रालयले सहसचिव कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो ।
- मन्त्री भगवती न्यौपानेका अनुसार ती टोलीले बजेट पारित नगर्ने स्थानीय तहमा समस्या पत्ता लगाएर समाधानको प्रयास गर्नेछन्।
२० साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो ।
टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने छन् ।
सो टोलीले स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नसक्नुका कारण पत्ता लगाउने र त्यसबाट सिर्जना भएका समस्या समाधानको पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बताइन् ।
मन्त्रालयका अनुसार १० असार भित्र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३० भन्दा बढी छ ।
प्रतिक्रिया 4