+
+
Shares

शिव ताण्डवमा टिप्पणी आएपछि शिव परियार भन्छन्, ‘आरोप लगाएजस्तो अशुद्ध छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक शिव परियारले महेश संस्कृत गुरुकुलको पुस्तकका श्लोकबाट शिव ताण्डव स्तोत्रमको शब्दहरू लिइएको स्पष्टीकरण दिनुभएको छ।
  • उहाँले भाषा विज्ञसँग छलफल गरी संस्कृत विद्वानको उपस्थितिमा रेकर्डिङ गरेको र श्लोक पाठ भेदले शब्द फरक परेको बताउनुभयो।
  • परियारले प्रस्तुति शैलीमा कमी भए पनि प्राविधिक हिसाबले राम्रो कोसिस गरेको र ड्रेसमा ब्रह्माण्डका सकारात्मक र नकारात्मक पक्षलाई स्वीकार गरेको स्पष्ट पार्नुभयो।

२० साउन, काठमाडौं । गायक शिव परियारले केही दिनअघि सार्वजनिक आफ्नो शिव ताण्डव स्तोत्रममाथि टिप्पणी आएपछि स्पष्टीकरण दिएका छन् । आज फेसबुकमा लामो पोस्ट लेख्दै गायक परियारले उठेका प्रश्नहरूमाथि स्पष्टीकरण दिएका हुन् ।

उनका अनुसार महेश संस्कृत गुरुकुलको पुस्तकका श्लोकबाट यो शिव ताण्डव स्तोत्रमाको शब्दहरू लिइएको छ । त्यसले गर्दा गीता प्रेसमा छापिएको र बलिउड कलाकारले प्रस्तुत गरेको शिव ताण्डवभन्दा केही फरक सुनिएको उनको भनाइ छ ।

गलत उच्चारण गरेको सन्दर्भमा उनले भाषा विज्ञसँग आवश्यक छलफल गरी संस्कृत भाषाका विद्वानकैउपस्थितिमा रेकर्डिङ सम्पन्न गरेको जानकारी दिएका छन् । श्लोकहरूको पाठ भेदको कारण शब्द केही फरक परेको उनले प्रस्ट्याएका छन् ।

भिडिओमा देखिएको लुगाबारे पनि उनले स्पष्ट पारेका छन् । ब्रह्माण्डको नकारात्मक र सकारात्मक दुवै भेदलाई स्वीकार गरी यस प्रकारको ड्रेस लगाएको उनको भनाइ छ ।
‘प्राय पहेँलो या गेरुवस्त्र धारण गरी निधारमा त्रीपुण्ड लगाएर मात्रै ताण्डव गाउनुपर्छ भन्ने पुरातन मानसिकतालाई छोड्दै शिव अँध्यारो र उज्यालो दुवैका प्रतीक हुनुहुन्छ भन्ने भावमा कालो र सेतो दुवै रङलाई हामीले हाम्रो पहिरनमा प्रस्तुत गरेका हौं’ उनले लेखेका छन् ।

त्यस्तै कहिल्यै ताण्डवप्रति रुचि नभएका, पहेँलो या गेरुवस्त्र धारण नगर्ने, त्रीपुण्ड नलगाउने, पूजा पाठमा विश्वास नगर्नेहरूलाई पनि स्त्रोतम गायनबाट म को हुँ भन्ने तथ्य खोज्न उत्प्रेरणा जगाओस् भन्ने भावबाट पनि यो शैलीमा प्रस्तुती दिएको उनले बताएका छन् ।

यसका साथै प्रस्तुति शैली, गायन रसमा कमी कमजोरी भएता पनि प्राविधिक हिसाबले राम्रो गर्ने सक्दो कोसिस गरेको उनले जनाएका छन् । यही साउन १६ गते बबिना भट्टराई र शिव परियारको स्वरमा शिव ताण्डव स्तोत्रम निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?