
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मोहर' र 'सिटामोल'को अग्रिम टिकट बिक्री खुला भएको छ र देशभरका हलले वेबसाइटमार्फत टिकट बिक्री भएको जनाएका छन्।
- 'मोहर'ले देशब्यापी ९० हाराहारीमा शो पाएको छ भने 'सिटामोल'ले ८० हाराहारीमा शो पाएको देखिन्छ।
- 'मोहर' सुदुरपश्चिमको देउकी प्रथाको कथा हो र 'सिटामोल' कर्णालीको मर्मस्पर्शी कथामा आधारित छ, दुबै सामाजिक ड्रामा जनरामा छन्।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’को अग्रिम टिकट बिक्री खुला भएको छ ।
काठमाडौंसहित देशभरका हलले वेबसाइटमार्फट एड्भान्स टिकट बिक्री भएको जनाएका छन् ।
पल शाह स्टारर सोसल ड्रामा ‘मोहर’ले देशब्यापी ९० हाराहारीमा शो प्राप्त भएको छ । सौगात मल्ल स्टारर ‘सिटामोल’ले देशब्यापी ८० हाराहारीमा शो पाएको देखिन्छ ।
रिलिजको लागि अझै २ दिन बाँकी रहेको शो संख्यामा अझै वृद्धि हुनसक्छ । शुक्रबार जोस ब्रोलिन स्टारर हलिउड फिल्म ‘विपोन्स’ पनि रिलिज तयारीमा छ ।
ओम प्रतीक निर्देशित ‘मोहर’लाई सोसल ड्रामा थ्रीलर जनरामा राखिएको छ । पलसहित बेनिशा हमाल, नीति शाह र अर्जुनजंग शाहीको शीर्ष भूमिका रहेको फिल्मले सुदुरपश्चिमको देउकी प्रथाको कथा भन्छ ।
राजबहादुर साने निर्देशित ‘सिटामोल’लाई सोसल ड्रामा जनरामा राखिएको छ । सौगातसहित यसमा बेनिशा हमाल र लोकेन्द्र लेखकको अभिनय छ । कर्णालीको मर्मस्पर्शी कथामा फिल्म आधारित छ ।
प्रतिक्रिया 4