+
+
Shares

७ वर्षपछि १५ दिनका लागि खुल्यो हुम्लाको टाँके नाका

चंखेली गाउँपालिका–५ नेप्का गाउँका स्थानीयलाई यो नाकाबाट दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने गरेको अर्का स्थानीय रूपधन तामाङ बताउँछन् ।

नरजन तामाङ नरजन तामाङ
२०८२ साउन २१ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोरोना महामारीपछि बन्द भएको हुम्लाको डोन्मो थिङ–थिङ नाका ७ वर्षपछि १५ दिनका लागि पुनः खुलेको छ।
  • डोन्मो थिङ–थिङ नाका खुल्दा हुम्लाका चार गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुनेछ।
  • स्थानीयले सीमा पास बनाउन सदरमुकाम सिमकोट आउजाउ गर्न प्रतिव्यक्ति ७ देखि ८ हजार खर्चिनुपरेको छ।

२१ साउन, हुम्ला । कोरोना महामारीले बन्द भएको चंखेली गाउँपालिका–५ स्थित चीन र नेपाल सीमा डोन्मो थिङ–थिङ नाका ७ वर्षपछि खुलेको छ ।

कोरोना महामारीले ठप्प भएको यो नाका ७ वर्षपछि १५ दिनको लागि हाटबजार खुलेको हो ।

परम्परागतदेखि खुलिरहने डोन्मा थिङ–थिङ नाका कारोना महामारीपछि बन्द हुदाँ स्थानीय सदरमुकाम सिमकोट र अन्यत्र धाउन बाध्य थिए ।

परम्परागत रूपमा नुन, तेल, घ्यु, चिया, मैदा, चामल, च्यागा भित्रिने यो नाका बन्द हुदाँ जिल्लाका चंखेली ,सर्केगाड, अदानचुली, ताजाकोट गाउँपालिका नागरिकलाई समस्या हुने गरेको थियो । यो नाका भएर हुम्लाबासीहरू चीनको तिब्बतमा सरसामग्री लिन जाने गर्छन् ।

यस वर्ष नाका खुलेपछि स्थानीयबासीहरू दुईदिनको पैदलपछि सरदमुकाम सिमकोट आएर अस्थायी सीमापास लिएर चीनको तिब्बत जाने चाजोपाँजो गर्न थालेको चंखेली गाउँपालिका–५ नेप्का गाउँका रूपबहादुर तामाङले जानकारी दिए ।

पहिला सीमा पास (अनुमति पत्र)  बिनै आउजाउ हुन्थ्यो, कोराना महामारीपछि चीनले सीमा पास खोज्न थालेको तामाङले बताए । उनका अनुसार यहाँ पुस्तौंदेखि हाटबजार लाग्दै आएको छ ।

गत वर्ष हुम्लाको डोन्मा थिङ थिङ नाका नखुलेपछि मुगु जिल्लाको नाक्चेनाग्ला हुँदै चीन गएको बताए ।

चंखेली गाउँपालिका–५ नेप्का गाउँका स्थानीयलाई यो नाकाबाट दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने गरेको अर्का स्थानीय रूपधन तामाङ बताउँछन् ।

‘सीमा पास बनाउन सदरमुकाम सिमकोट आउजाउ गर्न प्रतिव्यक्ति ७ देखि ८ हजार खर्चिनुपर्न बाध्यता छ’, उनले भने, ‘सर्केगाड गाउँपालिका केन्द्रमा इलाका प्रशासनबाट सीमापास दिने व्यवस्था भएपछि सहज हुन्थ्यो ।’

७० घरधुरीका नागरिकहरूले सीमापास बनाउनै १५/१६ लाख  रुपैयाँ खर्च भएको उनले बताए । डोन्मो थिङ–थिङ नाका खुलेपछि हुम्लाको दक्षिणी भेगका चार गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुनेछ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?