
२२ साउन, काठमाडौं । नेपाली युवालाई भारत पुर्याएर मिर्गौला निकालिएको प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन् ।
काभ्रेको पाँचनखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको एसपी नरेन्द्र चन्दले बताए ।
सिन्धुलीका पीडितलाई भारतको होटलमा गएर काम गर्दा मासिक भारतीय रुपैयाँ १० देखि २० हजारसम्म हुने भनिएको थियो । त्यसअनुसार २०८२ को जेठ महिनामा उनलाई कोठेश्वरबाट कलंकी हुँदै त्यहाँबाट बुटवल, भैरहवा हुँदै सुनौली नाकाबाट भारत लगिएको थियो ।
पहिले उनले आफूलाई पोखरामा काम गर्दागर्दै भारत लगिएको बताएका थिए । तर, प्रहरीसँग बयान दिने क्रममा उनले आफूलाई प्रलोभन देखाएर कलंकी हुँदै भारत लगिएको जिकिर गरेका छन् ।
त्यसको आधारमा भारत लैजाने कार्यमा संलग्नहरुलाई पक्राउ गरिएको एसपी कुँवरको भनाइ छ । ‘यो समूहले योजनाबद्ध तरिकाले संगठित रुपमा प्रस्तुत मानव अंग तस्करी गराएको पाएइकाले संगठित अपराधको कसुरमा समेत छानबिन थालिएको छ,’ कुँवरले भने ।
प्रतिक्रिया 4