+
+
Shares

‘कमेडी च्याम्पियन’ सिजन ३ का विजेता सुनिललाई कार हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिभी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ का विजेता सुनिल खड्कालाई ३९ लाख मूल्य पर्ने नेटा भी मोडलको गाडी प्रदान गरिएको छ।
  • निर्देशक विशाल भण्डारीले असारमा फिनाले सकिएपनि विवादपछि अहिले मात्र पुरस्कार प्रदान गरिएको बताए।
  • फस्ट रनरअप ऋषभ काफ्ले र सेकेन्ड रनरअप सुएसा खनाललाई अर्को साता स्कुटर पुरस्कारस्वरुप प्रदान गरिनेछ।

काठमाडौं । टिभी शो ‘कमेडी च्याम्पियन’को सिजन ३ का विजेतालाई पुरस्कारस्वरुप गाडी हस्तान्तरण गरिएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता विशाल भण्डारीले विजेता सुनिल खड्कालाई गाडी प्रदान गरे ।

सीजी मोटर्ससँगको सम्झौताअनुसार बजार मूल्य ३९ लाख रुपैयाँ पर्ने नेटा भी मोडलको गाडी प्रदान गरिएको हो । असारमा फिनाले सकिएपनि निर्माण कम्पनीको लगातारको विवादपछि अहिले मात्र पुरस्कार प्रदान गरिएको निर्देशक भण्डारीले बताए ।

फस्ट रनरअप ऋषभ काफ्ले र सेकेन्ड रनरअप सुएसा खनाललाई अर्को साता पुरस्कारस्वरुप स्कुटर प्रदान गरिने भएको छ । अहिले चलिरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को सिजन सकिएपछि डेढवर्षमा ‘कमेडी च्याम्पियन’को चौंथो सिजन आयोजनाको तयारी छ ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’को कूल १०४ एपिसोड प्रसारण हुनेछ ।

तस्वीर :शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?