
२३, साउन, चितवन। चितवनको माडीमा प्रहरी र स्थानीयका बीचमा आज साँझ झडप भएको छ ।
माडी नगरपालिका वडा नं २ भैरवपुरमा साउन २१ गते विद्युतीय धरापमा परेर एक गैंडा मृत फेला परेपछि निकुञ्जले जग्गा धनी हरिभक्त श्रेष्ठलाई पक्राउ गरेको बिरोधमा आज केही स्थानीयले प्रर्दशन गरेका थिए।
दिउँसो चक्काजामसहित मशाल जुलुस प्रर्दशन गरिएको थियो । मशाल जुलुसलाई प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडपको अवस्था भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले प्रर्दशनमा सामान्य झडप भए पनि कसैलाई पक्राउ नगरिएको बताए।
झडपमा कोही घाइते भएको विषय इलाका प्रहरी कार्यालयले रिर्पोट नगरेको उनको भनाइ छ । धानखेत जोगाउन भन्दै श्रेष्ठले हुक गरेको करेन्ट छोड्दा गैंडा मरेकोले अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले गैंडालाई विद्युतीय धरापमा मारेर मार्नु कानुन विपरीतको घटना भएकोले यस बारेमा आवश्यक अनुसन्धान भइरहेको बताए । सोही दिन मकवानपुरको मनहरी गाउँपालिका-६ मा थापेको विद्युतीय धरापमा परेर जग्गाधनी लालबाबु मोक्तानको ज्यान गएको थियो।
प्रतिक्रिया 4