+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बूढीनन्दाबाट फर्कंदा हराएका तीर्थयात्री भेडीगोठमा भेटिए

रासस रासस
२०८२ साउन २४ गते १४:५८

२४ साउन, बाजुरा । बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।

मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उननलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

शुक्रबार ५:३० बजे बूढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडामा आएको र त्यहाँबाट फेरि बूढीनन्दातर्फ फर्किएकाले उनको खोजी गर्नका लागि प्रहरी परिचालन गरिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?