+
+
Shares

२० दिनलाई सारियो एकीकृत समाजवादीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ९:५५

२५ साउन, काठमाडौं । भदौ पहिलो साताका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ ।

महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएका थिए ।

तर राति अर्को सूचना जारी गरिएको छ । जारी सूचना अनुसार २७–२८ भदौमा केन्द्रीय कार्य समिति बैठक बस्नेछ ।

त्यसअघि २५ गते स्थायी कमिटी र २६ भदौ पोलिट्ब्यूरो बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ‘चाडबाडलाई ध्यान दिएर बैठक सारिएको हो’, उपाध्यक्ष ज्वालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?