+
+
Shares

नारायणकाजी श्रेष्ठले गरे झलनाथ खनालसँग भेट

हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा आइतबार खानालको डल्लुस्थित निवासमै पुगेर श्रेष्ठले भेट गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १४:४९

२५ साउन, काठमाडौं। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका सम्म‍मानित नेतासँग भेट गरेका छन् ।

हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा आइतबार खानालको डल्लुस्थित निवासमै पुगेर श्रेष्ठले भेट गरेका हुन् ।

छलफलमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन र आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विविध रूपहरूको बारेमा छलफल भएको बताइएको छ।

यस्तै राष्ट्रिय परिस्थिति, नेपालका कम्युनिस्ट एवं वामपन्थी शक्तिहरू, देशभक्त शक्तिहरू र अन्य राजनीतिक शक्तिहरूको विश्लेषण र आजको क्रान्तिकारीहरूको राष्ट्रिय कार्यभारको बारेमा र वामपन्थी पार्टीहरूको बीच सहकार्य एवं एकताको बारेमा गम्भीरतापूर्वक छलफल भएको छ ।

छदलफलमा श्रेष्ठले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले हालै गरेको पार्टी एकतासम्बन्धी प्रस्तावको बारेमा पनि जानकारी र अपिल गरे । साथै झलनाथ खनालले कम्युनिस्ट एवं वामपन्थी पार्टीको एकता र सहकार्यको पक्षमा आफू पनि भएको बताएका थिए ।

उनीहरूबीच कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरू बीचको सहकार्य र एकताको प्रक्रिया बाट अगाडि बढाउँदै सच्चा लोकतन्त्रबादी शक्तिहरुलाई पनि साथ लिएर अगाडि बढ्नु पर्ने आवश्यकतामाथि छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता चर्चा भइरहेका बेला श्रेष्ठले एकीकृत समाजवादीका नेताहरूसँगको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?