
News Summary
Generated by OK AI. Editorially reviewed.- नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने बताए।
- रिजालले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै प्रयोग गर्न नदिइने बताए।
- उहाँले नेपालले छिमेकी चीनसँग एक चीन नीतिमा स्पष्ट रहेको र नेपाल-भारत सम्बन्धको मूल्य अपरिवर्तित रहेको उल्लेख गरे।
२५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने टिप्पणी गरेका छन् ।
भारतमात्रै नभइ कुनै पनि दशमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने उनको भनाइ छ ।
‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरूमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य हुँदैन । नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन,’ रिजालले भने ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रिजालले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पारे ।
नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको उनले बताए ।
‘आतंकवादी गतिविधिका लागि हामी नेपालको कुनैपनि भूमि प्रयोग हुन दिँदैनौँ । अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ,’ रिजालले भने, ‘एक चीन नीति…। अहिले कुनै कुनै सरकारले त एक चीन सिद्धान्त नै भनेका छन् । नीतिबाट पनि बुरुक्कै उफ्रिएर ।’
नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया 4