
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म 'वार २' शुक्रबारदेखि प्रदर्शन तयारीमा छ र भारतीय सेन्सर बोर्डले संवेदनशिल दृश्य कटौती र अश्लील संवाद म्युट गर्न निर्देशन दिएको छ।
- सेन्सर बोर्डले 'वार २' लाई १६ वर्षमाथिका दर्शकका लागि सर्टिफिकेट दिएको छ र फिल्मको रनटाइम २ घण्टा ५१ मिनेट ४४ सेकेन्डमा घटाइएको छ।
- दक्षिण भारतीय फिल्म 'कुली' पनि शुक्रबार प्रदर्शनमा आउँदैछ र नेपालमा यसको बुकिङ सोमबारदेखि खुल्नेछ, एड्भान्स टिकट बिक्रीमा 'कुली' 'वार २' भन्दा अगाडि छ।
मुम्बई । ऋतिक रोशन र जुनियर एनटीआर स्टारर बलिउड फिल्म ‘वार २’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । सन् २०२५ को यो बहुप्रतीक्षित बलिउड फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा छ ।
यो फिल्ममा भारतीय सेन्सर बोर्डले केही निर्देशन दिएको छ । ‘संवेदनशिल’ केही दृश्यमा कटौती गर्न र अश्लिल संवादलाई म्युट गर्न त्यहाँको केन्द्रीय चलचित्र जाँच समितिले निर्देशन दिएको छ ।
६ ठाउँमा प्रयोग भएका अनुचित सन्दर्भलाई म्युट गर्न भनिएको छ । यो संवादको एक मिनेट पछि, एउटा पात्रले गरेको २ सेकेन्डको ’अश्लील’ इशारा हटाउन भनिएको छ ।
बोर्डले संवेदनशिल दृश्यलाई ५० प्रतिशत कटौती गर्न समेत भनेको छ, जसको अवधि ९ सेकेन्ड छ ।
’आवन जावन’ गीतमा कियारा आडवाणीको बिकिनी लुकमा कैंची चलाउन भनिएको बुझिएको छ । यस गीतमा कियाराको हट अवतार टिजर र ट्रेलरबाट नै समाचारमा आएको थियो ।
सेन्सर बोर्डले दृश्य हटाउन भनेपछि अब फ्यानहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर हेर्न बाँकी छ ।
यी दृश्यमा सर्त राख्दै बोर्डले फिल्मलाई १६ वर्षभन्दा माथिका दर्शकले हेर्न मिल्ने गरि सर्टिफिकेट दिएको छ । त्यतिबेला फिल्मको रनटाइम २ घण्टा ५९ मिनेट ४९ सेकेण्ड थियो ।
अहिले फिल्मको रनटाइम २ घण्टा ५१ मिनेट ४४ सेकेन्ड छ ।
शुक्रबार रजनीकान्त स्टारर दक्षिण भारतीय फिल्म ‘कुली’ पनि प्रदर्शन तयारीमा छ । ‘कुली’को नेपाल बुकिङ सोमबारदेखि खुल्ने बुझिएको छ ।
विश्वब्यापी एड्भान्स टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘वार २’ भन्दा ‘कुली’ अगाडि देखिन्छ ।
प्रतिक्रिया 4