+
+
Shares

बडिमालिकामा लडेर ज्यान गुमाएका दुई जनाको शव तीन दिनपछि उठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १७:२०

२५ साउन, काठमाडौं । बाजुराको बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा लडेर मृत्यु भएका दुई जनाको शव तीन दिनपछि उठाइएको छ ।

काठमाडौंको गोकणेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको थियो ।

गत २२ र २३ गते लडेर मृयु भएका उनीहरूको शव आइतबार नेपाली सेनाको हेलिकप्टबाट सुर्खेत लगिएको हो ।

नाटेश्वरी मन्दिर क्षेत्र दुधदिल्ली गैरा भन्ने स्थानबाट दुवै जनाको शवलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो ।

अप्ठेरो बाटो र प्रतिकूल मौसमका कारण दुवै जनाको शव बडिमालिका क्षेत्रको विष्णुपानी भिरमा अड्किएका थिए । दुवै जनाको शव नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा स्थानीयहरूको सहयोगमा शनिबार भिरबाट निकालिएको थियो ।

आइतबार त्रिवेणी नगरपालिका–७ नाटेश्वरी मन्दिर क्षेत्रसम्म बोकेर ल्याइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।

हरेक वर्ष अप्ठेरो बाटोकै कारण बडिमालिका माताको दर्शन गर्न पुगेका भक्तजनहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?