+
+
Shares

एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढ्यो, लाभांश क्षमता ३८ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंकको आर्थिक वर्ष २०८१/८२ को खुद नाफा ३२.७ प्रतिशत बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
  • बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोडबाट ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ र निष्क्रिय कर्जा ०.७१ प्रतिशतबाट ०.३८ प्रतिशतमा झरेको छ।
  • प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा बाट ३७ रुपैयाँ ९९ पैसा पुगेको छ र वार्षिक प्रतिसेयर वितरणयोग्य नाफा ३८.२७ रुपैयाँ छ।

२६ साउन, काठमाडौं । एभरेस्ट बैंकको खुद नाफा ३२.७ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चाैथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो नाफा ३ अर्ब ७० करोड थियो । बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्ष ७ अर्ब ६४ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब १२ करोड छ । लोनलस प्रोभिजनवापत छुट्याइएको रकमबाट करिब १६ करोड रुपैयाँ फिर्ता भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी बढेको छ । प्रतिसेयर आम्दानी पहिले ३१ रुपैयाँ ४७ पैसा रहेकोमा अहिले ३७ रुपैयाँ ९९ पैसा छ । वाणिज्य बैंकमध्ये एभरेस्टको यो प्रतिसेयर आम्दानी सम्भवत सबैभन्दा उच्च रहनेछ ।

निष्क्रिय कर्जा न्यूनीकरणमा पनि बैंक अब्बल देखिएको छ । कुल कर्जामा यस्तो कर्जाको अंश पहिले ०.७१ प्रतिशत रहेकोमा अहिले ०.३८ प्रतिशत मात्रै छ । सेयरधनीलाई  राम्रो लाभांश दिने क्षमता बैंकले बनाएको छ ।

असार मसान्तसम्म वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड रुपैयाँ छ । वार्षिक प्रतिसेयर वितरणयोग्य नाफा ३८.२७ रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको आधार दर ७.२९ बाट घटेर ५.३६ मा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ छ । गत साता बजार बन्द हुँदा अन्तिम सेयर मूल्य प्रतिकित्ता ७०७.५७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?