+
+
Shares

‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आभा ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकबाट चिनिएकी आभा ढुंगानाले निर्देशक दिनेश खड्काको फिल्म 'कश्यप' बाट अभिनयमा डेब्यू गर्ने भएकी छन्।
  • निर्माताले आभालाई अडिसनबाट छनोट गरी उनको प्रतिभा र पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरेको जनाएका छन्।
  • बालकलाकार रिद्धी खत्रीले पनि अडिसनबाट छनोट भएर फिल्ममा डेब्यू गर्ने निश्चित भएको छ।

काठमाडौं । पछिल्लो समय ‘कन्टेन्ट क्रिएटर’ फिल्म अभिनयमा ब्यस्त छन् । यो मेसोमा थपिएकी छन्- आभा ढुंगाना ।

टिकटकबाट चिनिएकी उनले ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिनेश खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो ।

अडिसनबाट उनलाई छनोट गरिएको निर्माताले जनाएका छन् । उनको प्रतिभा तथा पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरिएको जनाइएको छ ।

आभाले यस फिल्मको लागि एक्सन दृश्यको प्रशिक्षण लिइरहेकी छन् ।

उनी भन्छिन्, ‘कथा, संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ । मलाई विश्वास छ, यो फिल्मले दर्शकलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ’ उनले भनिन् ।

यस फिल्मबाट बालकलाकार रिद्धी खत्रीले पनि फिल्ममा डेब्यू गर्ने निश्चित भएको छ । रिद्धी पनि अडिसनबाट छनोट भएकी हुन् ।

यसअघि फिल्मले पहिलो झलक सार्वजनिक गरेको छ जहाँ अभिनेता सविन श्रेष्ठ फिचर्ड छन् । लभस्टोरी, एक्सन र सांगीतिक तत्व मिश्रण हुने फिल्मको छायांकन चाँडै सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?