
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन बैंकले गत आर्थिक वर्षमा २२.१५ प्रतिशत वृद्धि सहित १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
- बैंकको इम्पेरिमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट १ अर्ब ५३ करोडमा घटेको छ भने निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट ७.२८ प्रतिशत पुगेको छ।
- बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड ऋणात्मक भएकाले यस वर्ष लाभांश दिन नसक्ने अवस्था छ।
२७ साउन, काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा २२.१५ प्रतिशत बढेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो ।
बैंकको इम्पेरिमेन्ट चार्ज (लोन लस प्रोभिजन) उच्च दरले घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ५ अर्ब २६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ५३ करोड छ ।
खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी पहिले ११ अर्ब ६१ करोड रहेकोमा गत आवमा १० अर्ब ४५ करोडमा सीमित भयो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ५.७२ रुपैयाँ रहेकोमा गत आवमा ६.९८ रुपैयाँ छ ।
नाफासँगै प्रतिसेयर आम्दानी सामान्य बढाउन सफल भएको बैंक कर्जा रिकभरीमा झन् कमजोर देखिएको छ । बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ४.९८ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ७.२८ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्वीटी जम्मा ४ प्रतिशत छ ।
बैंक यो वर्ष लाभांश दिन नसक्ने अवस्थामा छ । बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड ऋणात्मक छ । बजारमा सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ १० पैसा छ ।
प्रतिक्रिया 4