
२७ साउन, काठमाडौं। नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले स्वार्थ समूह हावी हुँदा गलत कानुन बन्न पुग्ने आफ्नो अनुभव रहेको बताएकी छन् ।
केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै वटा ऐन संशोधन प्रस्ताव ल्याउने र संसद्मा त्यसबारे कमै मात्र छलफल हुने प्रवृतिले पनि समस्या पार्ने गरेको उनको भनाइ छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले धेरै ऐन एकै पटक संशोधन गर्दा अर्थको अनर्थ लाग्ने शब्दहरू समेत ऐनमा पर्ने गरेको बताइन् ।
‘कहिलेकहीँ स्वार्थ समूह हावी भएर गलत कानुनहरू पनि बन्दो रहेछ । विगतका एक दुइटा घटनाले यसको पुष्टि समेत गर्दछ’ उनले भनिन् ।
केही नेपाल ऐन भनेर गोलमटेल रुपमा ऐन बनाउने विषयमा सुधार आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया 4