+
+
Shares

सामसङ नेपालले सुरु गर्‍यो ‘मनसुन क्याम्प’, बिग्रिएको चार्जिङ पोर्ट निःशुल्क फेरिदिने

वर्षायाममा चिस्यान र पानीका कारण स्मार्टफोनमा देखिने समस्या, विशेषगरी चार्जिङ पोर्टमा हुने क्षति ध्यानमा राखेर यो अभियान सुरु गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले मनसुनको मौसम लक्षित गर्दै २४ अगस्ट २०२५ सम्म 'सामसङ मनसुन क्याम्प' सञ्चालनमा ल्याएको छ।
  • यो अभियानअन्तर्गत ग्राहकले चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्, तर श्रम शुल्क र पार्टपुर्जा लागत आफैंले तिर्नुपर्ने छ।
  • सामसङका डेपुटी जनरल म्यानेजर राजन भट्टराईले मनसुन क्याम्पले ग्राहकलाई तनावमुक्त अनुभव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

२७ साउन, काठमाडौं । सामसङ नेपालले मनसुनको मौसम लक्षित गर्दै विशेष ग्राहक सेवा अभियान ‘सामसङ मनसुन क्याम्प’ सञ्चालनमा ल्याएको छ ।

वर्षायाममा चिस्यान र पानीका कारण स्मार्टफोनमा देखिने समस्या, विशेषगरी चार्जिङ पोर्टमा हुने क्षति ध्यानमा राखेर यो अभियान सुरु गरिएको हो ।

यो अभियान २४ अगस्ट २०२५ सम्म सञ्चालन हुनेछ । यस अवधिभरि सामसङका प्रयोगकर्ताले वारेन्टी भए वा नभएका आफ्ना स्मार्टफोनको बिग्रिएको चार्जिङ पोर्ट अधिकृत सेवा केन्द्रमा लगेर निःशुल्क परिवर्तन गराउन सक्नेछन् ।

कम्पनीका अनुसार चार्जिङ पोर्ट निःशुल्क फेरिने भए पनि मर्मतका लागि लाग्ने श्रम शुल्क ९लेबर चार्ज० र अन्य आवश्यक पार्टपुर्जाको लागत भने ग्राहक आफैंले बेहोर्नुपर्ने छ ।

यो विशेष सेवा सामसङका आधिकारिक सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ ।

सामसङ नेपालका डेपुटी जनरल म्यानेजर तथा ग्राहक सेवा प्रमुख राजन भट्टराईले ग्राहकलाई मौसम जुनसुकै भए पनि तनावमुक्त अनुभव प्रदान गर्ने प्रतिबद्धता अनुसार यो अभियान ल्याइएको बताए ।

‘वर्षायाममा चिस्यान र पानीले स्मार्टफोनको चार्जिङ पोर्टमा असर गर्ने जोखिम बढ्छ, मनसुन क्याम्पमार्फत हामी समयमै मर्मत सुविधा दिएर हाम्रा प्रयोगकर्तालाई आफ्ना फोन सुरक्षित रूपमा प्रयोग गर्न र कनेक्टेड रहन मद्दत गर्न चाहन्छौं,’ उनले भने ।

सामसङले आफ्ना सम्पूर्ण ग्राहकलाई यो सीमित अवधिको सेवाको फाइदा उठाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?