
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जेरी अन टप'को एक रोमान्टिक गीतको छायांकन भारतको जयपुरमा भइरहेको छ।
- कलाकार अनमोल केसी र आँचल शर्माको अभिनय रहेको गीतको नृत्य निर्देशन किरण थापाले गरिरहेका छन्।
- निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङ जयपुरमै छन् र फिल्म युनिट शनिबार स्वदेश फर्किने तयारीमा छ।
काठमाडौं । फिल्म ‘जेरी अन टप’को एक रोमान्टिक गीतको छायांकन यतिबेला भारतको जयपुरमा भैरहेको छ ।
कलाकार अनमोल केसी र आँचल शर्माको अभिनय रहेको गीतको नृत्य निर्देशन किरण थापाले गरिरहेका छन् । ‘यतिबेला जयपुरमा राम्रो ढंगले छायांकन भैरहेको छ’ निर्माता सरोज न्यौपानेले जयपुरबाट अनलाइनखबरसँग भने ।
अर्को एक गीत भने हालै काठमाडौंमा खिचिएको थियो । केही दिनअघिको फिल्मको युनिट गीत खिच्न भारततिर लागेको थियो । निर्माता न्यौपाने र निर्देशक सुयोग गुरुङ अहिले जयपुरमै छन् ।
फिल्म युनिट शनिबार स्वदेश फर्किने तयारी छ । अनन्या फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म असोज ३१ गतेदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
तस्वीर सौजन्य : सरोज न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4