+
+
Shares

पीआर छाडेर आउनेहरूलाई विना शर्त स्वागत हुनुपर्छ : महत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १५:३०

२८ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद डा.प्रकाशशरण महतले विदेशबाट पीआर छाडेर आउनेहरूलाई विना शर्त स्वागत गर्नुपर्ने बताएका छन् ।

बुधाबर अर्थ समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनकाअनुसार विदेशबाट पीआरहरू छाडेर नेपाल जो छोडेर आउछु भन्छन्, त्यस्ता योग्य मान्छेहरूलाई विना शर्त स्वागत गर्नुपर्छ । सबै कुरा जोखिममा राखेर आउ भन्दा योग्यमान्छेहरू जोखिम मोलेर आउन नचाहिरेको उनको भनाइ छ ।

‘हामीले धेरै कुरा भावनामा बगेर गरेका छौं । यो पीआर हुनेबित्तिकै नेपालमा जागिर खान तीन महिना अघि नै छाड्नुपर्ने यी सबै बकबास हुन । अस्ति भर्खरै इङ्ल्यान्डमा क्यानडाको प्रधानमन्त्री बने । इन्डियामा रघुरमन गभर्नर थिए । उनीसँग अमेरिकाको पीआर नै थियो’ महतले भने, ‘उनले गभर्नर छाडेपछि फेरि अमेरिका पढाउन गए । पीआर भनेको केही होइन । पीआर भनेको त्यहाँको काम गर्न दिइएको सुविधा हो ।  त्यो भन्दा अरु केही पनि होइन । त्यहाँको नागरिकता होइन त्यो । त्यहाँको नागरिक बनिने होइन । त्यहाँ कुनै राजनीतिक अधिकार हुँदैन । तर पनि हामीले यसलाई पहाड जस्तै ठान्यौं ।’

उनले सार्वजनिक पद धारण गर्न तीन महीना अघि नै विदेशी पीआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?