+
+
Shares

किशोर–किशोरीको राष्ट्रिय भेला २०८२ ललितपुरमा

तीन दिनसम्म चल्ने यस भेलामा किशोर–किशोरीका हकहित, क्षमता विकास र नेतृत्व सुदृढीकरणका विविध विषयमा छलफल, अभिमुखीकरण तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुनेछन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १६:५०

२८ साउन, काठमाडौं । मुलुकका सातै प्रदेशका ४५ जना किशोर–किशोरीको सहभागितामा किशोर–किशोरीको राष्ट्रिय भेला २०८२ ललितपुरमा सुरु भएको छ।

तीन दिनसम्म चल्ने यस भेलामा किशोर–किशोरीका हकहित, क्षमता विकास र नेतृत्व सुदृढीकरणका विविध विषयमा छलफल, अभिमुखीकरण तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुनेछन्।

कार्यक्रमका प्रमुख सत्रहरूमा बालक र किशोरहरूको लैंगिकता र उनीहरूले सामना गर्नुपरेका जोखिम, मानसिक स्वास्थ्य, राष्ट्रिय युवा दिवसको सन्दर्भमा दिगो भविष्य र युवा सशक्तीकरण जस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन्।

साथै, प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता, समूहगत गतिविधि तथा सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रममार्फत सहभागिता र आपसी सिकाइलाई अझ सशक्त बनाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?