
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै २९ वर्षीय त्रिलोक सिंहले चार करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
- त्रिलोक सिंह बझाङको बुंगल नगरपालिका–६ का हुन् र काठमाडौं बुढानिलकण्ठ बस्दै आएका छन्।
- उनी एन.ए.एन. मेरिटाएम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक रहेको र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
२८ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–६ घर भइ काठमाडौं बुढानिलकण्ठ बस्दै आएका २९ वर्षीय त्रिलोक सिंह छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
विदेश पठाउने भन्दै उनले ६६ जनाबाट चार करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप छ । उनी एन.ए.एन. मेरिटाएम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
प्रतिक्रिया 4