
News Summary
Generated by OK AI. Editorially reviewed.- माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म 'पेन्सनपट्टा'मा गौमाया गुरुङ र पशुपति राई शीर्ष अभिनेत्रीका रूपमा अनुबन्धित भएका छन्।
- फिल्म 'पेन्सनपट्टा'को छायांकन कात्तिक अन्त्यबाट पोखरा, ताङतिङ, बेगनास ताल आसपासमा सुरु हुने छ।
- माओत्से गुरुङले भूतपूर्व लाहुरे परिवारको वास्तविक कथावस्तुमा आधारित फिल्म बनाउन लागेको बताउनुभयो।
काठमाडौं । माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’को शीर्ष अभिनेत्रीमा गौमाया गुरुङ र पशुपति राई अनुबन्धित भएका छन् ।
दयाहाङ राईपछि यो फिल्ममा कलाकारको लाइनअप विस्तार भएको हो । यसअघि दयाहाङलाई लिएर गुरुङले निर्देशन गरेको ‘दयारानी’ घरेलु बक्सअफिसमा सुपरहिट भएको थियो ।
गौमाया र पशुपतिले यसअघि ‘कबड्डी’ सिरिजमा सहकार्य गरिसकेका छन् । ‘पेन्सनपट्टा’को छायांकन कात्तिक अन्त्यबाट पोखरा, ताङतिङ, बेगनास ताल आसपासमा खिच्ने तयारी छ ।
भूतपूर्व लाहुरे परिवारको वास्तविक कथावस्तुमा गुरुङले यो फिल्म बनाउन लागेका हुन् । एउटा लोभी युवक कसरी दानी हुन पुग्छ भन्ने कथावस्तुमा फिल्म बन्नेछ ।
‘यो मेरी सानीआमालाई हेरेर लेखेको कथा हो । यसमा भूतपूर्व लाहुरे सन्तानको कथा छ । लाहुरे परिवेश यसमा चित्रण छ’ फिल्मबारे उनले भने, ‘मेरी सानीआमालाई हेरेर लेखिएको कथा हो । यस्तो समस्या आज पनि भूतपूर्व लाहुरेको परिवारले भोगिरहेको छ । कथालाई मासमा ल्याउन खोजेको हुँ ।’
माओत्सेकै पटकथा तथा निर्देशन रहने फिल्मको निर्माण माओत्से गुरुङ प्रोडक्सनको ब्यानरमा हुँदैछ ।
प्रतिक्रिया 4