+
+
Shares
बक्सअफिस :

‘मोहर’को कमाइ बुधबारसम्म २ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पल शाह स्टारर फिल्म ‘मोहर’ले छैटौं दिनसम्म २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस कमाएको छ।
  • फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ भए पनि लगानी उठाउन ४ करोड हाराहारी कमाउनुपर्नेछ।
  • भारतीय फिल्म ‘वार २’को कमजोर प्रतिक्रियाले ‘मोहर’लाई फाइदा पुग्ने अनुमान गरिएको छ।

काठमाडौं । पल शाह स्टारर फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइलाई निरन्तरता दिइरहेको छ ।

प्रदर्शनको छैटौं दिन बुधबार रातीसम्म फिल्मको कूल कलेक्सन २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस छ ।

प्रदर्शनको ३ दिनमा फिल्मले १ करोड १ लाख रुपैयाँ कमाएको थियो । सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मको कमाइलाई दोस्रो सप्ताहन्तमा पनि फाइदा पुग्ने अनुमान गरिएको छ ।

फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ बताइएको छ । यसो हो भने, लगानी उठाउन हलबाट मात्र फिल्मले ४ करोड हाराहारीमा कमाउनुपर्छ । अरु विन्डोबाट भने फिल्मले लगानी सुरक्षित गरेको जनाइएको छ ।

विहिबारदेखि प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘कुली’ र ‘वार २’को कारण प्रदर्शनरत नेपाली फिल्मको विहिबारे शो संख्यामा गिरावट देखिन्छ । ‘मोहर’ले विहिबार १३१ शो र ‘सिटामोल’ले ३९ शो पाएका छन् ।

रिलिज भएको भारतीय फिल्म ‘वार २’को कमजोर प्रतिक्रिया आउँदाको फाइदा भने ‘मोहर’ले उठाउन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?