+
+
WC Series
पोखरा एभेन्जर्स 2025
138/6 (17.4)
VS
१४ बलमा २८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

रविको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी बिहीबार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १९:३६

२९ साउन, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ नसकिएपछि अर्को दिनका लागि पेसी तोकिएको छ ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा भएको बहस नसकिएपछि अर्को दिनका लागि पेसी तोकिएको हो ।

अर्को पेसी आगामी बिहीबारका लागि तोकिएको छ ।

आज सुरुमा सरकारी वकिलहरूले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीले २५ पुस, २०८१ मा सूर्यदर्शन सहकारीको रकम ठगी गरेको आरोप लागेका पूर्वगृहमन्त्री लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

जिल्ला अदालत कास्कीको आदेश विरुद्ध सरकारी वकिलहरू उच्च अदालत पोखरा पुगेका थिए । उनीहरूलाई जिल्लाको आदेश बदर गरी रविलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?