+
+
Shares

नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङको प्यानल सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल भदौ ७ गते हुने निर्वाचनका लागि सार्वजनिक गरिएको छ।
  • कुलबहादुर गुरुङले ३३ वर्षको अनुभवसहित नेतृत्व गर्न तत्पर रहेको र संस्थाको उद्देश्यप्राप्तिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • प्यानलले सुरक्षित आरोहण, स्वच्छ हिमाल, पारदर्शी नेतृत्व र डिजीटल प्रणाली लागू गर्ने लगायत सातवटा मुख्य नीतिगत बुँदा सार्वजनिक गरेको छ।

३० साउन, काठमाडौं । भदौ पहिलो साता हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्षका प्रत्यासी कुल बहादुर गुरुङसहित प्यानलकै नाम घोषणा भएको हो ।

सो अवसरमा उक्त समूहको उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम गर्दै तथा पत्रकार सम्मेलनमार्फत आधिकारिक प्यानल घोषणा गरिएको हो ।

भदौ ७ गते हुने निर्वाचनका लागि कुल बहादुर गुरुङ प्यानलले पहिले नाम सार्वजनिक गरेको हो । फर गेल्जे शेर्पा समूहले पनि छिटै प्यानल नै सार्वजनिक गर्ने तयार गरेको छ ।

उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा एनएमएका पूर्व महासचिव समेत रहिसकेका र आगामी नेतृत्वका लागि दावी गरिरहेका धादिङका कुल बहादुर गुरुङले आफूले ३३ वर्षपछि नेतृत्वमा आउन चाहेको रएनएमएको नेतृत्व गर्न तत्पर रहेको बताए ।

‘३३ वर्षको पर्यटन क्षेत्रको अनुभव, यहि विषय पढेको, यहि विषय पढाउने र यही विषयमा ६ वर्ष लामो अनुसन्धान गरी विद्यावारिधी गर्दै गर्दा म सक्षम भइन भनेर मेरो क्षमतामा प्रश्न गरिराख्ने हो भने तपाईहरुले नै भनिदिनुहोस कस्ता खालको उम्मेद्वार अध्यक्ष बन्ने होला’ गुरुङले भने ।

उनले एनएमएमा गइसकेपछि कुनै पनि स्वार्थभन्दा माथी उठेर संस्थाको उदेश्यप्राप्तिका लागि काम गर्नुपर्दछ भन्ने कुराको आफूसँग अध्ययन र अनुभव रहेको पनि सुनाए ।

यस्तै गुरुङले समूहले आगामी निर्वाचनका लागि आफ्नो विस्तृत नीति, दृष्टि र प्रतिबद्धता सार्वजनिक गरेको छ ।

यस समूहले नेपालका हिमाललाई जीवन, संस्कृति, अर्थतन्त्रको मेरुदण्ड र राष्ट्रिय गौरवको स्रोतका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित सातवटा मुख्य नीतिगत बुँदा सार्वजनिक गरेको हो ।

गुरुङले एनएमएको २७ जनाको कार्यसमितिको नेतृत्व गर्दै आफ्नो टिम अघि बढ्ने र तीन वर्ष आफ्नो टिमलाई काम गर्ने अवसर दिन मतदातासंग आग्रह गरे ।

यसअघि अध्यक्षकै दावी गरिरहेका टिकाराम गुरुङ कुल बहादुर गुरुङ प्यानलमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनेका छन् । उनले पनि नयाँ नेतृत्वका लागि तीन वर्ष काम गर्ने अवसर दिन आग्रह गरे ।

कुलबहादुर गुरुङ नेतृत्वको प्यानलमा सगरमाथा आरोही देखि कलाकार सम्म छन् । चर्चित आरोही मिङमा ग्याबु शेर्पा देखि विश्व साइकल यात्री पुष्कश शाह र कलाकार सुमी लामा यस समूहमा उम्मेदवारको रुपमा छन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङ, प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव बिमलकुमार नहर्की, सचिव ङिमा दिकी शेर्पा, कोषाध्यक्ष सुमी लामा रहेका छन् ।

सदस्यहरुमा दिकी शेर्पा, गीता राई, माधवप्रसाद पाण्डे, नुर्बू छिरिङ शेर्पा लामा, लालबहादुर जिरेल, सुदास लामा, अशोक तामाङ, पासाङ शेर्पा, पुष्कर शाह, बलबहादुर सुयाल र हरिगोपाल प्रधान रहेका छन् ।

उम्मेदवार सार्वजनिक कार्यक्रममा कुल बहादुर गुरुङ समूहको समुहको नीति र प्रतिवद्धता समेत प्रस्तुत गरिएको थियो । जसमा सुरक्षित आरोहण, स्वच्छ हिमाल, पारदर्शी नेतृत्व, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनका लागि अग्रणी भूमिका सुनिश्चित गर्ने लगायतका कार्ययोजना समावेश गरिएको छ ।

यस्तै हेलि रेस्क्यू पारदर्शिता नियमन तथा दुरुपयोग नियन्त्रण गर्ने, सगरमाथा लगायत आठ हजार मिटरभन्दा माथीका हिमालका लागि आचारसहिंता लागु गर्ने, एनएमएमा तालिम एकेडेमी तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, सबै सेवामा डिजीटल प्रणाली लागु गर्दै ‘एकद्वार सेवा’ प्रणाली स्थापना गर्ने लगायत दुरदर्शी तथा प्रभावकारी योजना प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?