+
+
Shares

प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ९:०३
प्रधानमन्त्री केपी शर्मा ओली । फाइल फोटो

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।

आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनमा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

यो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सन्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८.३८४ किलोमिटर सडक कालोपत्रे गरिने छ । यसको जिम्मा ढुकुछु निर्माण कम्पनी प्रा.लिले पाएको छ ।

भ्याटसहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा बजेटमा बन्न लागेको यो सडक २०८३ चैत ११ गतेसम्म निर्माण गर्ने सम्झौता भएको छ ।

धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?