+
+
Shares

भूमि विधेयकलाई अन्तिम रुप दिन भन्दै शनिबार संसदीय समितिको बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १७:४०

३० साउन, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रतिवेदनलाई अन्तिम रुप दिन भन्दै शनिबार बस्नेगरी संसदीय समितिको बैठक आह्वान भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शनिवार बिहान साढे १० बजेका लागि बैठक राखेको छ ।

जसको कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिने’ भन्ने रहेको छ ।

यसअघि बस्ने भनिएको बैठक दुई पटकसम्म स्थगित भएर शनिबार बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?