
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लास्थित सिमकोट विमानस्थलको धावन मार्ग विस्तारका लागि २७ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयले जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गरेको नागरिक उड्डयन कार्यालय हुम्लाले जनाएको छ।
- कोभिडपछि नेपालगन्जबाट सिमकोट विमानस्थल हुँदै ३ हजारदेखि ५ हजारसम्म भारतीय तिर्थयात्रीहरूले मानसरोवर कैलाश दर्शन गरेका छन्।
३० साउन, हुम्ला । हुम्लास्थित सिमकोट विमानस्थल विस्तारको लागि जग्गा अधिग्रहण हुने भएको छ । विमानस्थलको धावन मार्ग विस्तारको लागि जग्गा अधिग्रहण हुने भएको हो ।
जग्गा अधिग्रहणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयले २७ करोड ९४ लाख विनियोजन गरेको छ ।
०८२ साउन ३० गते पठाइएको पत्रानुसार बजेट विनियोजित भएको सिमकोट नागरिक उड्डयान कार्यालय हुम्लाले जनाएको छ ।
धावन मार्ग विस्तारको लागि जग्गा अधिग्रहण गर्न बजेट आएको नागरिक उड्डडान कार्यालय हुम्लाका प्रमुख महेन्द्र बहादुर सिहंले बताए ।
वर्षे सिजनमा लुक्लापछिकै व्यस्त विमानस्थल मध्ये सिमकोट विमानस्थल पर्दछ ।
कोभिड पछि नेपालगन्जबाट सिमकोट विमानस्थल हुँदै मानसरोवर कैलाश दर्शन गर्न भारतीय तिर्थयात्रीहरू भित्रिएका छन् ।
३ हजारदेखि ५ हजारसम्म भारतीय तिर्थयात्रीहरूले सिमकोट विमानस्थल हुँदै मानसरोवर भित्रिएका छन् ।
प्रतिक्रिया 4