+
+
Shares

पाँडेले निर्देशन गर्ने ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया वितरण अधिकार बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया वितरण अधिकार राम कार्कीले किनेका छन्।
  • कार्कीले फिल्मलाई अस्ट्रेलियाका प्रमुख सहरमा रिलिज गर्ने जानकारी दिएका छन्।
  • निर्देशक अर्जुन घिमिरे पाँडेले फिल्मको छायांकन चाँडै सुरु हुने जानकारी दिएका छन्।

काठमाडौं । प्रदर्शन अगाडि नै चर्चामा रहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया वितरण अधिकार विक्री भएको छ । त्यहाँका वितरक तथा उद्यमी राम कार्कीले अधिकार किनेका छन् ।

फिल्मलाई अस्ट्रेलियाका प्रमुख सहरमा रिलिज गर्ने जानकारी उनले दिए । ‘यो फिल्म अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ’ उनले भने ।

शिक्षा र बसाइसराइ सम्बन्धी सेवामा सक्रिय कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न आतिथ्य सत्यकार सम्बन्धी व्यवसाय संचालन गरिरहेका छन् ।

यो फिल्मलाई अर्जुन घिमिरे पाँडेले निर्देशन गर्दैछन् । फिल्मबाट लामो समयपछि पाका अभिनेता गणेश उप्रेतीले पुनरागमन गर्दैछन् । फिल्ममा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको पनि अभिनय हुने जनाइएको छ ।

फिल्मको एक गीत र्‍यापर बालेनले गाउने जनाइएको छ । फिल्मको छायांकन चाँडै सुरु हुने जानकारी निर्देशक पाँडेले दिए । अन्य मुलुकमा समेत वितरण अधिकार विक्री गर्ने तयारी भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?