+
+
Shares

भोजपुरी लवजमा ‘अभिमन्यु’को गीत ‘लड्की गोरी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म ‘अभिमन्यु’को नयाँ भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ युट्युबमा सार्वजनिक भएको छ।
  • गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहले दिएका छन् भने संगीत संयोजन विषम आचार्यले गरेका छन्।
  • फिल्म भदौ २७ गते प्रदर्शनमा आउँदैछ र हिन्दी भर्सन असोज ६ मा विश्वब्यापी रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।

काठमाडौं । कथानक फिल्म ‘अभिमन्यु’को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । आइटम डान्स जुना सुन्दासको छ । नृत्य निर्देशन रोहन विश्वकर्माको छ ।

गीतमा भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ । नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै छ । युवायुवतीको एकअर्काप्रतिको चाह गीत र भिडियोमा देख्न सकिन्छ ।

फिल्ममा तराईको पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको देखिन्छ ।

यो फिल्म भदौ २७ गतेदेखि प्रदर्शन तयारीमा छ । हिन्दी भर्सन असोज ६ मा आउँदैछ । हिन्दी संस्करण विश्वब्यापी रिलिज हुने जानकारी निर्माता विनोद पौडेलले दिए ।

फिल्मले पैसाको लोभले समस्यामा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने व्यक्तिको कथा भन्छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालले पटकथा लेखेका हुन् । निर्मातामा पौडेल र गुञ्जन गिरी छन् । रमेश चौलागाई र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?