+
+
Shares

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ६:५७
फाइल तस्वीर

१ भदौ, चितवन । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । तर, खस्ने क्रम नरोकिएकोले अझै केही समय लाग्नेछ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६-००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको  ढुङ्गाले लागेको थियो । त्यसक्रममा  स्कुटरमा रहेका चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?