
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणको सम्पत्ति ७ खर्ब नजिक पुगेको छ र आव २०८१/८२ मा ६.२ प्रतिशतले वृद्धि भएको छ।
- प्राधिकरणले सो आवमा विद्युत बिक्रि तथा अन्य स्रोतबाट कुल १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ।
- सञ्चालन खर्च १ खर्ब २९ अर्ब ८१ करोड र करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रहेको प्राधिकरणले जनाएको छ।
१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सम्पत्ति ७ खर्ब नजिक पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार आव २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार सम्पत्ति ६.२ प्रतिशतले बढेको छ । सो आवमा प्राधिकरणले विद्युत बिक्रि तथा अन्य स्रोतबाट कुल १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको थियो ।
सञ्चालन खर्च भने कुल १ खर्ब २९ अर्ब ८१ करोड भएको देखिएको छ । करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रहेको प्राधिकरणको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4