+
+
Shares

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते ८:५८

२ भदौ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र  प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बूढानीलकण्ठले जनाएको छ ।

उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् । एक जनाको सनाखत समेत नभएकोले आफन्तको खोजी भरहेको प्रहरी प्रभाव बूढानीलकण्ठले जनाएको छ ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई बूढानीलकण्ठ -८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष घाइते छन् ।

पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?