+
+
Shares

सिम्पल खरेल बनिन् स्पोटीफाईमा मासिकरुपमा धेरै सुनिने नेपाली संगीतकर्मी

सुशान्त केसीका भन्दा दोब्बर श्रोता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका सिम्पल खरेल स्पोटीफाईमा मासिक १६ लाख २२ हजार श्रोतासँग नेपाली संगीतकर्मीमा सबैभन्दा बढी सुन्ने कलाकार बनेकी छन्।
  • सिम्पलको भजन गीत ‘राधा रानी लगे’ युट्युबमा २३ करोडभन्दा बढी पटक सुन्ने सबैभन्दा लोकप्रिय नेपाली गीत बनेको छ।
  • स्पोटीफाईमा सिम्पलको गीत ‘श्रीकृष्ण गोविन्द हरे मुरारी’लाई २ करोड ३१ लाखभन्दा धेरै पटक सुन्ने श्रोताहरू नेपाल र भारतमा रहेका छन्।

काठमाडौं । गायिका सिम्पल खरेलले युट्युबपछि स्पोटीफाईमा धेरै सुनिने नेपाली संगीतकर्मीको इतिहास रचेकी छन् ।

सोमबारसम्म विश्वसंगीतको लोकप्रिय अडियो प्लाटफर्म स्पोटीफाईमा खरेललाई मासिकरुपमा सुन्ने श्रोताको संख्या १६ लाख २२ हजार नाघेको छ ।

यो तथ्यांक लोकप्रिय गायक सुशान्त केसीलाई सुन्नेको भन्दा दोब्बर हो । सुशान्तलाई मासिकरुपमा सुन्नेको संख्या ७ लाख ६६ हजार छ ।

स्पोटीफाईमा सज्जनराज वैद्यलाई ४ लाख, विपुल क्षेत्रीलाई १ लाख ६७ हजार, लिल झोलालाई १ लाख ३४ हजार, भिटेनलाई १ लाख १६ हजार, नवाज अन्सारीलाई १ लाख १३ हजार पटक मासिकरुपमा सुन्ने श्रोताको संख्या छ ।

सिम्पलको भजन गीत ‘राधा रानी लगे’ युट्युबमा अहिलेसम्म सबैभन्दा धेरै सुनिएको नेपाली संगीतकर्मीको गीत बनेको छ । उक्त गीतलाई अहिलेसम्म २३ करोडभन्दा धेरै पटक सुनिएको छ ।

श्रोतामाझ सिम्पल भजन गायिकाको रुपमा परिचित छन् । स्पोटीफाईमा उनको गीत ‘श्रीकृष्ण गोविन्द हरे मुरारी’लाई अहिलेसम्म २ करोड ३१ लाखभन्दा धेरै पटक सुनिएको छ ।

‘राधा रानी लगे’लाई ९७ लाख पटक सुनिएको छ । सिम्पलका गीतका अधिकांश श्रोता नेपाल र भारतमा छरिएका छन् । नेपालीभाषी थलोमा पनि उनका गीत निकै रुचाइएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?