+
+
Shares

सिम्पल खरेलको ‘राधा रानी लगे’ले रच्यो युट्युबमा धेरै हेरिने नेपाली कलाकारको गीतको रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली गायिका सिम्पल खरेलको गीत ‘राधा रानी लागे’ युट्युबमा २२ करोड ८० लाख पटक हेरिएको सबैभन्दा धेरै हेरिएको नेपाली कलाकारको गीत बनेको छ।
  • सिम्पल खरेलले परम्परागत लोक तत्व र आधुनिक शैली मिसाएर भजन गायनमार्फत नेपाल र भारतमा समान रूपमा लोकप्रियता पाएकी छिन्।
  • सिम्पलले भजन गायनलाई आत्मसन्तुष्टि र संगीतमा नयाँ पहिचानका रूपमा लिइरहेकी छिन् र डिजिटल प्लेटफर्ममा कन्टेन्ट क्रिएटरको रूपमा पनि सक्रिय छिन्।

काठमाडौं । नेपाली गायिका सिम्पल खरेलले आफ्नो हिट गीत ‘राधा रानी लागे’मार्फत इतिहास रचेकी छिन्, जुन गीत युट्युबमा सबैभन्दा धेरै हेरिएको कुनै नेपाली कलाकारको गीत बनेको छ ।

यो समाचार लेख्दासम्म गीतलाई युट्युबमा २२ करोड ८० लाख पटक हेरिएको छ । यो हिन्दी भजनलाई नेपालसहित भारतबाट समेत धेरै हेरिएको छ ।

‘राधा रानी लागे’मा परम्परागत लोक तत्व र आधुनिक शैलीको मिश्रण छ । भक्तपुर निवासी सिम्पलको परिचय २५ वर्षको उमेरमै सुमधुर भजन गायिकाको बनेको छ ।

उनका अन्य भजनलाई पनि युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त भैरहेको छ । उनले भजन गायनमार्फत आफूलाई भारतमा समेत चिनाइरहेकी छन् । उनी एकसाथ नेपाली र हिन्दी गीत गाउँछिन् ।

यसबाहेक सिम्पल टिकटक, युट्युब र रिल्समा कन्टेन्ट क्रिएटर पनि हुन् । सौन्दर्य प्रशाधन, पहिरन र मेकअपबारेका भिडियो उनी पोस्ट गर्छिन् । संगीतकर्म र कन्टेन्ट क्रिएसनले उनलाई डिजिटल प्लाटफर्ममा बेग्लै पहिचान दिलाएको छ ।

ओ नमः शिवाय, गोविन्द बोलो हरि गोपाल बोलो, श्रीकृष्ण गोविन्द हरे मुरारे लगायतका उनले स्वर दिएका भजन रुचाइएका छन् । ‘मलाई जे चीजमा धेरै लगाव छ, त्यो म सुन्छु । म पनि त्यस्तै गाउन मन लाग्छ । यसले मलाई आत्मसन्तुष्टि पनि दिन्छ,’ भजन गाउनुको कारणबारे सिम्पल भन्छिन् ।

अहिलेको पुस्तामा धेरै भजन गाउने ट्रेन्ड धेरै छैन । तर अडियन्सले राम्रो प्रतिक्रिया दिएपछि भने भिन्न सन्तुष्टि पाएको र भजन गायनलाई निरन्तरता दिएको सिम्पल बताउँछिन् । ‘गायिका हुनुमा मलाई यतिसारो गर्व कहिल्यै लागेको थिएन । तर भजन गाएपछि मलाई भिन्न खालको सन्तुष्टि भयो र खुसी पनि लाग्यो । अब भजन र अन्य जनराका गीतमा सन्तुष्टि मिलाउने प्रयास गर्दैछु,’ उनी भन्छिन् ।

भारतीय अडियन्सले आफूलाई राम्रो स्वीकार्यता दिएको उनी बताउँछिन् । ‘इण्डियाबाट जुन एसेप्टेन्स मैले पाएकी थिएँ । जुन मैले आशा गरेकी थिइनँ । उसै पनि इण्डियामा स्वीकार्यता पाउन मुस्किल छ,’ सिम्पल भन्छिन्, ‘जति माया नेपालमा दिनुहुन्छ, संगीतमा भारतबाट त्यत्तिकै तहको माया दिनुभएको छ । अहिले नेपाल र भारतमा मेरा अडियन्स उत्तिकै हुनुहुन्छ ।’

युट्युबमा सर्वाधिक हेरिने नेपाली भाषाको गीतको रेकर्ड चाहिँ अहिलेसम्म फिल्म ‘दुई रुपियाँ’को गीत ‘कुटुमा कुटु’सँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?