
News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ।
- घटनामा परी पाँच जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
- प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले मृतकमा एक नेपाली र एक विदेशी नागरिक रहेको जानकारी दिनुभएको छ।
२ भदौ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् ।
रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् ।
उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
‘घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन,’ उनले भने, ‘मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4